राष्ट्रिय मगर दिवसः सांस्कृतिक उत्सवदेखि पहिचानको मुद्दासम्म

राष्ट्रिय मगर दिवसः सांस्कृतिक उत्सवदेखि पहिचानको मुद्दासम्म

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  फाल्गुन १५, २०७६

आज फागुन १५ अर्थात् मगर दिवस । नेपालको पुरानो आदिवासी समुदायमा पर्छ मगर समुदाय  । मगर समुदायको अधिक बसोबास पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको किनारको बारी र पारी बस्तीहरूमा फैलिएर रहेको पाइन्छ । 

मगर समुदायका  पुर्खाहरू मंगोलियन जातिका रहेका र पछि तिब्बतबाट बिस्तारै सिक्किम हुँदै नेपाल भित्रिएको भन्नेहरू एक थरी मानिसहरूको दाबी रहेको इतिहासमा छ । यो समुदाय सांस्कृतिक रूपमा अति नै धनी समुदाय भित्र पर्दछ । यो समुदायको हुर्रा नाच एकदमै लोकप्रिय र विशेष  मानिन्छ । यसलाई देउस्याहा पनि भनिन्छ । देउस्याहा नै अपभ्रंश भई देउसी रहन गएको विज्ञहरूको मत बलियो रहेको छ । यो एक पौराणिक नाच पनि हो । पश्चिममा शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतिर छिरेका मगरहरूको यो नाच आफैले सृजना मौलिक नाचका रूपमा लिइन्छ । त्यही नाच हिजोआज मगर समुदायको मात्र होइन अहिले आम नेपालीको मौलिक संस्कृतिका रूपमा रही आएको छ ।   

 वि.स.२०३९ फागुन १५ गते आएर मगर समुदायले नेपाल मगर सङ्घको स्थापना भएको हो । यही स्थापनको दिनलाई हरेक वर्ष फागुन १५ गतेलाई  आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनीतिक जस्ता हर्ष, उल्लासका साथ राष्ट्रिय मगर दिवस मनाउन चलनको चलाउँदै आएको छ ।

मगर सङ्घ वि.स.२०३९ फागुन १५ गतेका दिन दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार सङ्घको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दिनलाई नै स्थापना दिवसका रूपमा मनाउँदै आएका हौँ ।  

पछि २०४० साल वैशाख ३१ गते नेपाल लाङघाली परिवार सङ्घको केन्द्रीय कार्यकारिणी समितिले प्रथम बैठकमा प्रत्येक वर्ष फागुन १५ गतेलाई ‘लाङघाली दिवस’को रूपमा मनाउने प्रस्ताव सर्व समितिबाट पारित गरेको थियो । त्यस बेला देखि नेपाल मगर सङ्घ तथा अन्य मगर सम्बन्धी सङ्घ संस्थाहरूले ‘फागुन १५ गते’लाई ‘मगर दिवस’ को रूपमा मनाउने भएकाले यो दिवस मगर समुदायले अत्यन्त महत्त्वको साथ हेर्ने गरिएको छ 

विशेष दिनमा नेपालभित्र र बाहिर छरिएर रहेका मगर आदिवासी समुदायका मानिसहरू आफ्नो समुदायको राजनैतिक, सामाजिक धार्मिक एवं संस्कृति उत्थान र विकासको लागि यो दिवस मनाउने गर्दछन् । यसलाई  राष्ट्रिय मगर दिवसको दिन मनाउने परम्पराले सम्पूर्ण मगर आदिवासी समुदायलाई एक सूत्रमा बढ्ने सूत्रधार एवं मार्ग निर्देशकका रूपमा काम गरेको  बताइन्छ । 

मगरहरू नेपालको पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा फैलिँदै गएको र तिनीहरूको जनसङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाउँछ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या जम्मा २ करोड ६४ लाख ९४ हजार ५सय ४ छ । जस मध्ये आदिवासी मगर जनजातिको जम्मा जनसङ्ख्या १८ लाख ८७ हजार ७३३ पुगेको छ । २०११ को तथ्याङ्कअनुसार मगरहरू नेपालभरिमा नेपालको जनसङ्ख्याको ७‍.१३५ रहेको छ । जसले मगरहरू नेपालको क्षेत्री र ब्राह्मण पछि तेस्रो जनसङ्ख्या भएको  आदिवासी जनजाति पर्दछ । जनसङ्ख्याको हिसाबले हेर्ने हो भने जनजातिमा मगर जनजातिको पहिलो स्थान छ । 

    मगर महिला तथा पुरुषको जनसङ्ख्या
                लिङ्ग                          जनसङ्ख्या                        
                महिलाः                      १०,१३,३१७                    
                पुरुषः                      ८,७४,४१६                    
                जम्माः                    १८,८७,६३३                    

नेपाल राज्यको एकीकरणको बेलादेखि अहिलेको नेपाल बन्दै गरेको अवस्थासम्म मगरहरूको ठुलो योगदान र बलिदान गरेको इतिहासमा उल्लेख गरेको पाउँदछौ । मगरहरूलाई वीर धर्तिपुत्रहरुको रूपमा चिनाउनमा गर्व गर्दछन् । मगर समुदाय भाषा ,संस्कृति, पहिरन र परम्परामा निकै धनी रहेका समुदाय हो । यिनीहरू मूलतः बुद्ध धर्म मान्ने बहु–भाषी, बहु–संस्कृतिका अनुयायीहरू हुन । 

भाषिक रूपमा ‘अखस् लिपि’ प्रयोग गर्छन् । मगरहरूको मातृभाषा, मगर भाषा नै छ । भोट बर्मेली भाषा अन्तरगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ प्रकारका भाषाहरू बोलीचालीमा रहेको पाइन्छ ।  ठाउँअनुसार पूर्वको मगरले ढुट,पश्चिमको मगरले खाम र डोल्पाको मगरले काईके भाषा बोल्ने गर्दछन् ।  मगरहरूले गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरातका मगरहरूको थातथलोका रूपमा लिने गर्दछन् ।

बाह्र मगरातले मुख्य त  थापा, राना र आले लगायतको थर लेग्ने गर्दछन् भने अठार मगरताका मगरहरूले पनि पुन, घर्ती, बुढा र रोका लगायतका थर लेख्ने गरेको पाइन्छ । त्यसै गरी डोल्पाका आसपास क्षेत्रमा बुढा, रोका र घर्तीको थरका मगरहरूको बसोबास रहेको छ । 

मगरहरूले आफ्नो ऐतिहासिक महत्त्वलाई कायम गर्न ती मगर–आदिवासीको सम्झनामा प्रत्येक वर्षको फागुन १५ गतेको दिन राष्ट्रिय मगर दिवस रूपमा मनाउँदै आएको  पाउँछौ । विशेष दिनमा नेपालभित्र र बाहिर छरिएर रहेका मगर आदिवासी समुदायका मानिसहरू आफ्नो समुदायको राजनैतिक, सामाजिक धार्मिक एवं संस्कृति उत्थान र विकासको लागि यो दिवस मनाउने गर्दछन् । यसलाई  राष्ट्रिय मगर दिवसको दिन मनाउने परम्पराले सम्पूर्ण मगर आदिवासी समुदायलाई एक सूत्रमा बढ्ने सूत्रधार एवं मार्ग निर्देशकका रूपमा काम गरेको  बताइन्छ । राष्ट्रिय मगर दिवस देशभर मगर बाहुल्यताएका  क्षेत्रहरुमा सा‌ंस्कृितक उत्सवदेखि पहिचानकाे मुद्दास‍म्म उठाएर धुमधामसँग मनाइएकाे छ ।