थाई बोन को अपरेसन पछि माले महासचिव सीपी मैनाली खतरामुक्त

थाई बोन को अपरेसन पछि माले महासचिव सीपी मैनाली खतरामुक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७६

काठमाडौं । झापाबाट काठमाडौं फर्किने क्रममा बिहीबार महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परी घाइते हुनुभएका माले महासचिव सीपी मैनाली खतरामुक्त रहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

बर्दिबासमा कार दुर्घटनामा हुदाँ घाइते हुनुभएका मैनाली लगाएत सबैलाइ सेनाको हेलिकप्टरबाट बिहीबार नै काठमाडौँ ल्याइएको थियो ।

‘‘हिजो नै हामीले उहाँको ‘थाई बोन’को अपरेसन गर्‍यौं , उहाँ खतरामुक्त हुनुहुन्छ,’अस्पतालका निर्देशका चक्रराज पाण्डेले भन्नुभयो,मैनालीकी बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार भइ रहेको समेत जानकारी गराउनु भयो ।

झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा. ७च २१३० नम्बरको कारलाई ना.४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए ।