२० हजार घुससहित वडासचिव पक्राउ

२० हजार घुससहित वडासचिव पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १६, २०७६

धनुषा । धनुषाको धनौजी गाउँपालिका–२ मा रहेको वडा कार्यालयमा कार्यरत वडा सचिव सेवाग्राहीबाट २० हजार घुस लिँदै गरेको अवस्थामा (खरिदार) सुशिल ठाकुरलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

जन्म दर्ताका सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मगिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले वडासचिव ठाकुरलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

बिहीबार पक्राउ परेका वडासचिव ठाकुरलाई बर्दिबास कार्यालयले नियन्त्रणमा राखि अनुसन्‍धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।