आगलागीबाट धनमाल नष्ट

आगलागीबाट धनमाल  नष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७६

सप्तरी । राजविराज नगरपालिका–७ स्थित रहेको नेपाल टेलिकमको कार्यालयमा पार्किङ गरी राखेको कार्यालयको बा।६ च ६३७९ नम्बर गाडीमा बिहीबार दिउँसो आगलागी हुँदा गाडीको अगाडि र ईन्जिनको भाग जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।