‘धुलो’ आजबाट हलमा, एकल प्रदर्शनको अवसर

‘धुलो’ आजबाट हलमा, एकल प्रदर्शनको अवसर

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १६, २०७६

काठमाडौं । रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको नेपाली चलचित्र ‘धुलो’ आजबाट प्रदर्शनमा आएको छ। प्रद्युम्न मिश्रद्वारा  निर्देशित चलचित्र ‘धुलो’लाई एकल प्रदर्शनको अवसर मिलेको छ । 

गत हप्ताबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ ले हल बुक भइरहेका छन् र दर्शकको चाप पनि बढिरहेको छ । त्यहि कारण पनि ‘धुलो’ ले थोरै मात्र थ्रेट मा प्रदर्शन हुने मौका पाएको छ ।

चलचित्रमा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ । दीपा धरेल प्रस्तुत कर्ता रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयाँलको लगानी रहेको छ