आज देश खुसी छ

आज देश खुसी छ

प्रशान्त उप्रेती  |  साहित्य  |  फाल्गुन १७, २०७६

दिनहुँजसो म जस्ता विदेशिएका नेपाली
बन्द राता बाकासमा एयरपोर्ट भित्रिँदा
नेपाल आमाले आँसुको भेल नथेगेकी बेला
एक पटक खुसीको उन्मादले रमेकी छन् ।

स्वदेश फर्केका मृतकको लास गन्ने
कार्यालयमा कर्मचारी अपुगै भयो
मृत सन्तानको लाससमेत चिन्न
डीएनए परीक्षणको लाइनै हुन्थ्यो ।

तर, आज देशमा खुसी छाएको छ
झन्डावाल विमानले नेपाली ल्याएको  छ
सातै प्रदेश एकै जहाजमा त्यो पनि
विपत्तिले नेपालीलाई जोडेको छ ।

नेपाल सन्तानले सकुशल देश टेकेपछि
घर परिवारका गह भरिए हर्षका आँसुले
आर्यघाटमा अन्तिम भेट हुने गरेकामा
पशुपतिमा हर्ष मनाइयोस दीपावलीले ।

आज देश खुसी छ, वयान अनेक छ
हिमाल सेता दन्तलहर लिएर
नदी नालाका नीला बहाव बोकेर
आज देशमा उत्साह छ
सिंगो राष्ट्र बजरमातमा छ ।

देशले एक पटक जितेको छ
नयाँ इतिहास रचेको छ
राष्ट्रिय  गौरव बढेको छ
छाती चौडाले फुलेको छ
मेरो देशको शान
विश्वसामु बढेको छ
देश अभिभावक भएको छ ।