शौच गर्न निस्केा ६१ वषिय यादवलाइ गोली हानी हत्या प्रयास

शौच गर्न निस्केा ६१ वषिय यादवलाइ गोली हानी हत्या प्रयास

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १८, २०७६

महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवलाइ अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

विहान घर बाहिर शौच गर्न निस्केको बेलामा यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको  प्रहरी टोलीले घटनास्थल पुगेको थियो । घटना स्थलबाट प्रहरीले चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको छ ।

घाइते यादव अहिले खतरा मुक्त रहेको रहेको प्रहरीले जनाएको छ ।