२४ घण्टामा भित्रमा १,९८३ सवारीचालक कारबाहीमा

२४ घण्टामा भित्रमा १,९८३ सवारीचालक कारबाहीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७६

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १ हजार ९ सय ८३ जना चालक कारबाहीमा परेका छन् ।

फुटपाथमा पार्किङ गर्ने १ सय ८०, मादक पदार्थ सेवन गरी चलाउने १ सय २२, अनावश्यक हर्न प्रयोग गर्ने ५७, जेब्रक्रसमा रोक्ने ३ र लेन मिचेर चलाउने ३१ जना  लगायतमाथि कारबाही भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

सोहि समय भित्रमा काठमाडौं उपत्यकाभित्र ३० वटा सवारीसाधन दुर्घटना हुँदा १ जना गम्भीर र २० जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।