असिना परेर बाली नस्ट भयो किसान चिन्तित

असिना परेर बाली नस्ट भयो किसान चिन्तित

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १८, २०७६

डोटी जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा हानी पु¥याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काका अनुसार, ‘साँझ अचानक परेको असिनाले गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो ।’ सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन नभएको जानकारी दिनुभयो । 

बाली पाकेर भित्र्याउने बेला भएको हिउँदे बालीमा नस्ट भएपछि त्यहाँका किसान चिन्तित भएका छन् । त्यही खेतीको भरमा आश्रित जिल्लाका किसानहरू असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँ खेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले जानकारि दिनुभयो । उहाँले , ‘असिनाले किसानलाई निकै समस्या पा¥यो ।’ गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको बालीमा क्षति पु¥याएपछि निरास देखिएका छन् । 

 डोटीमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ त्यसको जानकारी लिने काम भइरहेको बताउनुभयो ।