आगलागीबाट ७० लाख बराबरको धनमाल नष्ट

आगलागीबाट ७० लाख  बराबरको धनमाल  नष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७६

मुस्ताङ । घरपझोङ गाउँपालिका–४ जोमसोम बस्ने मनोज विश्वकर्माको घरमा शनिबार राति आगलागी हुँदा सोही घरमा रहेको रुपक फेन्सी एवं कस्मेटिक पसल, लत्ताकपडा, फर्निचर र भाँडावर्तन र अन्नपात जलेर  करिब ७० लाख रुपैयाँ बराबरको  धनमाल नष्ट भएको छ । 

नेपाली सेना, सशस्र प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।