यस वर्षको प्रिमनसुन शुरु

यस वर्षको प्रिमनसुन शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १८, २०७६

काठमाडाैं । यो वर्षको प्रि–मनसुन शुरु भएको कारण मार्च, अप्रिल र मेसम्म प्रि–मनसुन चलिरहने छ । प्रि–मन्सुनकाे कारण देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । ‘जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन शुरु भएको हो’, उहाँले बताउनुभयो । 

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने आंकलन छ । मौसमविद्का अनुसार पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने पनि हुने जनाइएको छ ।

तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ ।