प्रधानमन्त्रीले दाेस्राे पटक मिर्गाैला प्रत्याराेपणकाे तयारी

प्रधानमन्त्रीले दाेस्राे पटक मिर्गाैला प्रत्याराेपणकाे तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नु भएको छ । मिर्गौला प्रत्यारोण गर्नका लागि उहाँकी नातिनीसँग ‘म्याच’ भएको जानकारी छ । स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उहाँ तयार हुनुभएको हो । 

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो भने दोस्रो प्रत्यारोपण देशभित्रै गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो समय उहाँले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आउनुभएको थियो ।