गलत सूचना  र अल्पज्ञानः  समाजमा विभिन्न खाले  भेदभाव बढ्नुको मुख्य कारण

गलत सूचना  र अल्पज्ञानः  समाजमा विभिन्न खाले  भेदभाव बढ्नुको मुख्य कारण

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १८, २०७६

आज मार्च १ अर्थात् शून्य भेदभाव दिवस  । शून्य भेदभाव दिवस संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले मनाउने अर्को एक दिवसको रूपमा लिइन्छ  ।  यो दिवस संयुक्त राष्ट्र सङ्घका सबै सदस्य राष्ट्रहरूमा कानुन र व्यवहारलाई परिवर्तन गरी समान्त बढाउने उद्देश्य मनाउन थालिएको  हो । के तपाई साँच्चै भेदभाव गर्नुहुन्छ ? आखिर  के हो त भेदभाव ? समाजमा  भेदभाव प्राय जसो  गलत सूचना  र अल्पज्ञनकाे कारणमा आधारित हुने गरेका छन् ।  यस्ता भेदभावहरू परापूर्व कालदेखि समाजमा जरा गाडेर बसी रहेको छ । भेदभावहरूलाई समाजको  विषका रूपमा पनि लिने गरिन्छ । भेदभाव यस्तो सामाजिक रोग हो । जसले विश्वमा रहेका  मानिसहरू एक अर्कालाई समान आँखाले हेर्न सक्दैन । 

यो कहिले जातीय, लिङ्गीय, रङ्गीयरुपमा देखा पर्छ भने कहिले शारीरिक अशक्ततामा त कहिले आर्थिक रूपमा प्रकट भइरहन्छ । यी यस्ता समस्यामा  ध्यान नदिई सबैको समान जीवन यापन गर्ने अधिकारबाट वञ्चित गरिरहेको हुन्छ । कहिलेकाहीँ  नयाँ नयाँ परिस्थितिले पनि समाजमा भेदभाव सृजना भइरहेको विषयमा हामी त्यति ख्याल गरिरहेका हुँदैनौ ।  नियालेर नहेर्दा समाजमा भएको थाहा नपाइनै भेदभाव जस्तो जघन्य अपराध गरेर कमजोरी गरिरहेका हुन्छौ । यी र यस्ता कुरामा ख्याल गरिएन भने भेदभाव मुक्त समाजको कल्पना समेत गर्न सकिँदैन ।  

निराकरणको लागि प्रश्न मात्र होइन जवाफको खोजीका लागि  हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्रसङ्घको आव्हानमा शून्य भेदभाव दिवस मनाउने गरिँदै आएको छ । यो दिवस खासगरि युएन आईडीएसले विश्वलाई नै भेदभाव शून्य बनाउनका लागि नयाँ  संक्रमिण्त एचआइभी एड्स रोग र यससँग सम्बन्धित विषयलाई लिएर  शून्य भेदभाव दिवस मनाउन सुरु गरिएका हो ।

 एकले अर्को मानिसले जातीय, लिङ्गीय, रङ्गिए, आर्थिक वा शारीरिक कारणले भेदभाव गर्नु भनेको जघन्य अपराध नै हो ।   विश्वभर भेदभाव मुक्त र समानतामा आधारित समाज निर्माणका प्रयासहरू भइरहेका छन् । यी प्रयासहरू हुँदाहुँदै पनि समाजमा भेदभाव घट्नुको अलावा नयाँ नयाँ भेदभावका नयाँनयाँ रूपहरू समयमयमा आउने गरेका छन् । हरेक दिन मानिसहरू को हुन ? या के र्गछन ? भन्ने आधारमा भेदभाव भेदभाव गरिरहेका हुन्छन्  । राज्य समयमयमा कानुन नै निर्माण गरेर भेदभावको अन्त्य लागि आवश्यक पहल लिइरहेको देखिन्छ । यती हुँदाहुँदै  भेदभाव मुक्त समाज निर्माण सहन किन सकिरहेको छैन ? अथवा निष्पक्ष र न्यायपूर्ण समाज निर्माणतर्फ विशेष ध्यान भने जान जरुरी छ । 

शून्य भेदभाव दिवस  भनाइ रहँदा यस्ता खालका थुप्रै  समस्याबाट शिक्षा लिँदै २१ औ शताब्दीमा कस्तो समाज भावी पुस्तालाई हस्तान्तरण गर्ने भन्ने सम्बन्धमा ध्यान जान जरुरी छ ।  मानव समुदायको यति लामो इतिहासमा समाजमा अझै पनि हाम्रो समाजमा भएको भेदभाव किन अन्त्य गर्न सकेनौ भन्ने कुरामा ध्यान जान जरुरी छ । 

प्राय जसो सामाजिक मुद्दाहरू जस्तो भेदभाव, गरिबी अशिक्षा सँगसँगै अन्तरसम्बन्धी भएर आउने गरेका छन् ।  किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित नागरिकको  बिचमै धेरै भेदभाव गरिरहेका हुन्छौ ।  धनी र गरिबको भेदभाव  त झनै गहिरो रूपमा रहको छ । अझै समाजमा रहेका दीर्घ रोगी अश्क्तहरुलाई गर्ने भेदभाव त झनै चर्को मात्रामा रहेको छ ।  यस्ता खालका पिडादायक विषयलाई लिएर विश्वभरिका मानव समुदायको अगाडी गम्भीर रूपमा प्रश्न उठ्ने गरेको छ ।

यसैको निराकरणको लागि प्रश्न मात्र होइन जवाफको खोजीका लागि  हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्रसङ्घको आव्हानमा शून्य भेदभाव दिवस मनाउने गरिँदै आएको छ । यो दिवस खासगरि युएन आईडीएसले विश्वलाई नै भेदभाव शून्य बनाउनका लागि नयाँ  संक्रमिण्त एचआइभी एड्स रोग र यससँग सम्बन्धित विषयलाई लिएर  शून्य भेदभाव दिवस मनाउन सुरु गरिएका हो ।

 युएन आईडीएस एचआइभी पीडितको सहयोगमा केन्द्रित संस्था हो । स्वास्थ्य सेवाहरूको पहुँच एचआइभी एड्स रोक्न र उपचारको सुनिश्चितताको लागि काम गर्ने गर्दछ ।  संयुक्त राष्ट्र सङ्घले यस दिनलाई विभिन्न कार्यक्रमहरूका मनाउँदै साथ प्रचार गर्ने गर्दछ ।  एचआइभी पीडितसँग सम्बन्धित कसैले पनि कसै प्रति भेदभाव नगर्न आव्हान समेत गरेको छ ।  

 संसारको लगभग हरेक ठाउँमा अवस्थित भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरियोस् भन्ने उद्देश्यको साथ यूएनए आईडीएस को पहलमा शून्य भेदभाव दिवस २०१७ देखि मनाउन सुरु गरिएको हो । एचआइभी एड्स भएका व्यक्तिहरूले भेदभावको समान गरिरहेको पीडितसँग मात्र हैन, एउटा सिङ्गो समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्नु पर्ने निष्कर्षमा पुग्न थालिएको छ ।  

हामी सबै समान छौ, यो संसारमा मानव सबै सजीव बस्तुको उत्तिकै समान अधिकार भेदभाव रहिरहनु भने मानव समुदायका लागि लज्जाको विषय हो । समानता र भेदभाव वातावरण सिर्जन गर्न  मानिसहरू अनेकन् बाटाहरू खोजी रहेको देखिन्छ । यसलाई मानिस व्यक्ति आफैले  नसोच्ने हो भने शून्य भेदभाव होइन अझ यसले प्रश्रय पाउने निश्चित छ ।