टेलिकमले लार्ज प्याक अर्न्तरगत ५ पैसामै एक एमबी डाटा उपलब्ध गराउने

टेलिकमले लार्ज प्याक अर्न्तरगत ५ पैसामै एक एमबी डाटा उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १९, २०७६

काठमाडाैँ । नेपाल टेलिकमले लार्ज डाटा प्याक  उपलब्ध गराइरहेको  जानकारी गराएको  छ । 

यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो  पर्ने  जनाएकाे छ ।  

प्रतिएमबी करिव ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक 
कम्पनीका अनुसार यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन  सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ  रहेकाे छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिने र यसको मूल्य ३ हजार रुपैयाँ  रहेकाे छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उक्त र रकम करसहितकाे भएकाे समेत नेपाल टेलिकमले जानकारी दिएकाे छ ।  

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415#  डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट  गरेर लिन सकिने छ भने सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा लिन सिकने जनाइएको छ ।  त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिनेछ  । 
आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः  DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस समेत पठाउनु  सकिने जानकारी दिएकाे छ । 
नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिने प्रवन्ध मिलाइएकाे  नेपाल टेलिकमले जनाएकाे छ ।