जबरजस्ती करणी गरेको अभियोगमा मल्ल पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा मल्ल पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १९, २०७६

ललितपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

मल्लले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।