नगद तथा सुन चाँदीका गहना चोरी

नगद तथा सुन चाँदीका गहना चोरी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ लाजिम्पाटमा गुल्मी रुरुक्षेत्र गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने दिलिप कुमार श्रेष्ठको पबी ज्वलेर्स पसलबाट नगद २ लाख ४५ हजार रुपैयाँ, सुनका विभिन्न गहनाहरु ९८.६८१ तोला र चाँदीका विभिन्न गहनाहरु ४ सय ३४.२६२ तोला समेत गरी ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।