आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १९, २०७६

काठमाडौं । तेह्रथुम, लालीगुराँस नगरपालिका–८ गैरीगाँउ बस्ने ३६ वर्षीय गोपाल मगरको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
धनकुटा, महालक्ष्मी नगरपालिका–९ तल्लो शिरिषे बस्ने लाल बहादुर मादेनको घरमा खाना पकाउने चुल्लोबाट आइतबार राति आगलागी हुँदा घरसँगै रहेको ग्वाली र घर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
सप्तरी, बलानबिहुल गाउँपालिका–३ मौवाहा बस्ने रामचन्द्र दासको गोठमा घुरबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
पर्सा, सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने जोगिन्द्र महराको बरफ फ्याक्ट्रीमा ग्याँसबाट आगो सल्किएर आइतबार साँझ आगलागी हुँदा नगद ५० हजार रुपैयाँ र बरफको केमिकल जलेर करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
    
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।