अभिनेत्री स्वेता खड्का क्यान्सर हस्पिटल बनाउदै

अभिनेत्री स्वेता खड्का क्यान्सर हस्पिटल बनाउदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १९, २०७६

काठमाडौं । अभिनेत्री श्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गर्नुभएको छ । उहाँका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो । विवाह भएको केही दिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पिडालाई सहेर बसेकी श्वेताले यो निर्णय गर्नुभएको हाे ।

सामाजिक काममा आफूलाई निकै अग्रसर बनाई रहनुभएकी उहाँले आफूलाई जस्तो पिडा अरूलाई पनि नपरोस् र कसैले उपचार नपाएर संसार छोड्नु नपरोस् भन्ने सोच बनाएर क्यान्सर हस्पिटल निर्माणमा जुटेको जनाउनुभएको छ । उहाँ क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लाग्नुभएको हो । 

अभिनेत्री श्वेता का अनुसार ‘नेशनल हस्पिटल एण्ड क्यान्सर रिशर्च सेन्टर’ नाम रहेको उक्त हस्पिटलमा क्यान्सर रोगको उपचार गर्नुका साथै क्यान्सरको बारेमा जनचेतना जगाउने काम गर्नेछ । नेशनल क्यान्सर अस्पतालबाट प्रभावित भएर यस काममा हात हालेको उहाँको भनाइ छ ।

हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ ।