अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २०, २०७६

काठमाडौं । कास्की, पोखरा महानगरपालिका–१३ मियापाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन ३० एम्पुल र ३ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मादी गाउँपालिका–१२ भगवतिटार घर भई पोखरा महानगरपालिका–३१ शिशुवा बस्ने २४ वर्षीया बिमला नेपाली र उनकै श्रीमान २१ वर्षीय विशाल नेपाली रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
    
सिरहा, लहान नगरपालिका–४ बाट अवैध लागूऔषध गाँजा ११ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८१ ट्याब्लेट र मोबाइल २ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका५ बस्ने २१ वर्षीय दिपेन्द्र कुमार यादव र २१ वर्षीया विपना मानन्धर रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।