दाङमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

दाङमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २०, २०७६

दाङ । शान्तिनगर गाउँपालिका–३ महादेब चौतारी बस्ने ४० वर्षीय सुक बहादुर बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढा लगायत ७ जनालाई नगद १ लाख १६ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
    
बुढाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
    
यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।