राजधानिका विभिन्न स्थानमा धनमाल चोरी

राजधानिका विभिन्न स्थानमा धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २०, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङ चोकस्थित डेरा गरी बस्ने उदयपुर काफ्ले गाउँपालिका–५ घर भएका दिपक राउत र सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका–३ घर भएका दमाई छिरिङ शेर्पाको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन पञ्चकुमारी मन्दिरस्थित डेरा गरी बस्ने सर्लाही घर भएकी अन्जना लुईटेलको कोठाबाट नगद तथा सुनका विभिन्न गहना समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी  भएको छ । 
    
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।