विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट

विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २०, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ बसन्तपुरस्थित सुरज आर्केटमा सोही महानगरपालिका–३ बस्ने पर्शुराम श्रेष्ठको फेन्सी पसलमा विद्युत सर्ट सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ विभिन्न धनमाल नष्ट भएको छ । 

मोरङ, बुढिगंगा गाउँपालिका–४ स्थित जय श्री राम खाद्यान्न उद्योगको भुस गोदाममा सोमबार बिहान आगलागी हुँदा भुसको गोदाम पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

मकवानपुर, बाग्मती गाउँपालिका–१ गुन्द्रुङ बस्ने ४३ वर्षीय मोहन स्याङतानको घरमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्याँस लिक भई सोमबार साँझ आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायत विभिन्न सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

अर्घाखाँची, शितगंगा नगरपालिका–७ करेनी बस्ने मन बहादुर पुलामीको घरमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, सुन तथा चाँदी र लु।७ प २३ नम्बरको मोटरसाइकल समेत जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी अर्घाखाँची, सन्धिखर्क नगरपलिका–११ अमिले बस्ने ६३ वर्षीय श्याम बहादुर सेजवालको गोठमा सोमबार साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

बर्दिया, बर्दिया नगरपालिका–६ जयनगर बजारस्थित राजेन्द्र गुप्ताको घरमा राखिएको कपडा पसलमा विद्युत सर्ट भई सोमाबर राति आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानिय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।