स्वचालित स्नायु पद्धति र शरीरका अंगहरू नियन्त्रणको सवाल

स्वचालित स्नायु पद्धति र शरीरका अंगहरू नियन्त्रणको सवाल

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  फाल्गुन २०, २०७६

हाइपोथालामस भनेको मस्तिष्कको एउटा भाग हो । स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टमलाई नियन्त्रण गर्ने स्थान पनि यही नै हो । शरीरका अंगहरूलाई यो स्नायु पद्धतिले नियन्त्रण गर्छ । यी स्वचालित स्नायु पद्धति पनि  दुई प्रकारका हुन्छन् । एक प्रकारलाई सिम्पेथेटिक र अर्को प्रकारलाई पारासिम्पेथेटिक स्नायु पद्धति भनेर नामकरण गरिएको छ । 

भर्टेव्रा भनेका ढाडका हाडहरू हुन् । गर्धनका भर्टेव्राहरूलाई सर्भाइकल भर्टेव्रा भनिन्छ भने छातीका भर्टेव्राहरूलाई थोरासिक भनिन्छ । अरू भर्टेव्राहरूलाई लम्बार र स्याक्रल नाम दिइएको छ । भर्टेव्राहरूका दुवैपट्टि सिम्पेथेटिक चेन हुन्छ र यसमा सिम्पेथेटिक ग्याङ्ग्लियाहरू हुन्छन् । नर्भसेलहरूको समूहलाई ग्याङ्ग्लिया भनिन्छ । यी ग्याङ्ग्लियाहरूको संख्या २ हजारदेखि ३ हजारसम्म भएको मानिएको छ । 

यसका पनि प्रिग्याङगिल्योनिक र पोष्ट ग्याङ गिल्योनिक स्नायुहरू हुन्छन् । यसका ग्याङ्ग्लियाहरू ‘टार्गेट साइट’निर हुने भएकाले यसको पोष्ट ग्याङगिल्योनिक स्नायु छोटो हुन्छ । पारासिम्पेथेटिक स्नायु पद्धतिको उद्गम मस्तिष्क र स्याक्रल स्पाइनल कर्डबाट हुन्छ । क्रनियर स्नायु ३, ७, ९ र १० तथा स्याक्रल २, ३, ४ बाट यसका स्नायुहरू निस्कन्छन्

यी ग्याङ्गिल्याहरूमा आउने स्नायुहरूलाई ‘प्रिग्याङ्गिल्योनिक स्नायु’ र यिनीहरूबाट निस्केर ‘टार्गेट साइट’मा जाने स्नायुहरूलाई ‘पोष्ट ग्याङ गिल्योनिक स्नायु’ भनिन्छ । 

सिम्पेथेटिक स्नायुहरूले विभिन्न अंगहरूबाट मस्तिष्कमा र मस्तिष्कबाट विभिन्न अंगहरूमा सूचना प्रवाह गरेर उनीहरूले गर्ने काम सुचारु रूपले सञ्चालन गर्न मद्दत गर्छ । स्पाइनल कर्डको टी१ देखि  एल२ बाट सिम्पेथोटिक स्नायु निस्केर ग्याङ्ग्लियामा एसिटाइलकोलिनको मद्दतले निकोटिनिक रिसेप्टरलाई क्रियाशील तुल्याउँछ । ग्याङ्गिल्याभन्दा पहिलेको स्नायुलाई प्रिग्याङ गिल्योनिक  स्नायु र पछिकोलाई पोष्ट ग्याङ्ग्लिया स्नायु भन्ने गरिन्छ । सिम्पेथेटिक पोष्ट ग्याङ्ग्लियानिक स्नायुबाट नरइपिनोफ्रिन उत्पन्न भएर एड्रिनार्जिक रिसेप्टरलाई क्रियाशील गराउँछ । 

एड्रेनर्जिक रिसेप्टर अल्फा– ९, अल्फा– २ र विटा– १, विटा– २ र विटा– ३ हुन्छन् । यी रिसेप्टरहरू क्रियाशील भएर विभिन्न अंगहरूलाई प्रभाव पार्छन् । इपिनोफ्रिन एड्रिनल ग्रन्थीको मेडुलाका क्रोमाफिन सेलहरूबाट पनि उत्पन्न हुन्छ । 

सिम्पेथेटिक पोष्ट ग्याङ्गिल्योनिक स्नायुबाट एसिटाएलकोलिन निस्केर पसिना उत्पन्न गराउने ग्रन्थीबाट पसिना निकाल्छ । यो सिम्पेथेटिक पोष्ट ग्याङगिल्योनिक स्नायुको विशेषता पनि हो । ग्रन्थीबाट पसिना निकाल्न मस्कारिनिक रिसेप्टर क्रियाशील हुनुपर्छ ।

अटोनोमिक स्नायु पद्धतिको अर्को प्रकार पारासिम्पेथेटिक स्नायु हो । यसका पनि प्रिग्याङगिल्योनिक र पोष्ट ग्याङ गिल्योनिक स्नायुहरू हुन्छन् । यसका ग्याङ्ग्लियाहरू ‘टार्गेट साइट’निर हुने भएकाले यसको पोष्ट ग्याङगिल्योनिक स्नायु छोटो हुन्छ । पारासिम्पेथेटिक स्नायु पद्धतिको उद्गम मस्तिष्क र स्याक्रल स्पाइनल कर्डबाट हुन्छ । क्रनियर स्नायु ३, ७, ९ र १० तथा स्याक्रल २, ३, ४ बाट यसका स्नायुहरू निस्कन्छन् । यसका प्रि र पोष्ट ग्याङगिल्योनिक स्नायुहरुलाई क्रियाशील बनाउन एसिटायलकोलिनकै प्रयोग हुन्छ तर पोष्ट ग्याङ गिल्योनिक स्नायुले मस्कारिनिक रिसेप्टरलाई क्रियाशील तुल्याउँछ ।

सिम्पेथेटिक स्नायु क्रियाशील हुँदा हुने लक्षणहरू :

१. मुटु ज्यादा खुम्चिन्छ र हृदयगति तीब्र हुन्छ ।
२. आँखाको नानी ठूलो हुन्छ, टाढाको वस्तु राम्ररी देखिन्छ ।
३. सास फेर्ने नली ठूला हुन्छन् ।
४. आन्द्रा र पेटको चालमा कमी ।
५. कम पिसाब लाग्नु ।
६. ज्यादा पसिना आउनु ।
७. मांसपेशीमा रक्त संचार बढ्नु ।
८. करोनरी आर्टरी ठूलो हुनु ।
९. दहन क्रियामा वृद्धि ।
१०. कलेजोबाट ग्लुकोज उत्पन्न हुनु ।
११. इजाकुलेसन गराउनु र 
११. प्रतिरोधात्मक प्रणाली कम्जोर हुनु ।

पारासिम्पेथेटिक स्नयु क्रियाशील हुने लक्षणहरू :

१. मुटुको खुम्चाइ कम र हृदयगतिमा कम ।
२. आँखाको नानी सानो हुन्छ र नजिकको वस्तु राम्रो देखिन्छ ।
३. ल्याक्रिमल र स्यालिभरी ग्रन्थीको सिक्रिसन बढ्छ ।
४. आन्द्रा र पेटको चालमा वृद्धि हुन्छ ।
५. सास फेर्ने नलीहरू साघुुरिन्छन् ।
६. पिसाबको थैली खुम्चिन्छ तर स्विङटर ढिला हुन्छ ।
७. कलेजोले ग्लुकोजन बनाउँछ ।
८. लिङ्ग कडा हुन्छ ।
९. इम्युन सिष्टम क्रियाशील हुन्छ ।
१०. भास्कुलर टोनमा त्यति असर पर्दैन ।

स्रोतः PHysioogy, Autonomic Nervous  System by LeBouef T, whited L

स्वचालित स्नायुहरूले गर्ने माथि उल्लेख गरिएका कामहरू हुन् । यी स्नायुहरू स्वस्थ हुनुपर्छ । यी स्नायुहरू रोगग्रस्त हुँदा यिनीहरूले स्वत: गरिरहने कामहरू हुन सक्दैनन् ।