श्रवण दिवसको उपलक्ष्यमा खुल्ला साङ्गीतिक तथा सचेतना कार्यक्रमको आयोजना (फोटोफिचर )

श्रवण दिवसको उपलक्ष्यमा खुल्ला साङ्गीतिक तथा सचेतना कार्यक्रमको आयोजना  (फोटोफिचर )

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २१, २०७६

ललितपुर । इएर केयर नेपालले विश्व श्रवण दिवस २०२०को उपलक्ष्यमा  २०७६ फागुन २० गते  मंगलबारका  दिन  कानकाे सरक्षा र हेरचाह  कसरी गर्ने भनेर जानाकारी दिने उद्देश्यले पाटन दरबार स्क्वायरमा एक खुल्ला साङ्गीतिक तथा सचेतना कार्यक्रमाको  आयाेजना गरेकाे थियाे  । 

विश्व स्वास्थ्य सङ्गठन र विश्व श्रवण फोरम लगायतका संस्थाहरूको आव्हानमा हरेका वर्ष ३ मार्चका दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । साेही अनुसार  इएर केयर नेपालको आयोजनामा  उक्त कार्यक्रम सम्पन्न भएको हो ।

‘जीवनको लागि श्रवण,  तपाईँलाई घाटा हुने हुँदा श्रवण गुम्न नदिनुहोस्’ भन्ने सन्देश दिएकाे कार्यक्रममा कलाकार शरद श्रेष्ठ, अभिश्यक मिश्र र सारङ्गी वादक बार्ता गन्धर्वले  विभिन्न प्रस्तुति राख्नुभएको थियो । 

इयर केयर नेपालका साथीहरू र म्युजिकल प्ररर्फेमेन्स नेपालकाे संयुक्त प्रस्तुति रहेको  उक्त कार्यक्रमा विश्व स्वास्थ्य सङ्गठन, विश्व श्रवण फोरम, स्टार हस्पिटल र इएर केयर नेपालको सहकार्यमा आयोजना गरिएको इएर केयर नेपालले जनाएको छ ।

उक्त कार्यक्रम इएर केयर नेपालकी अध्यक्ष डा. मिलन महर्जन र इएर केयर नेपालले निःशुल्क रूपमा उपचार गरेर सहज श्रवण  प्राप्त गरेका बालबालिकाहरूले आ–आफ्ना भोगाइहरू राख्नुभएको थियो । 

उक्त समारोहमा इएर केयर नेपालकी अध्यक्ष डा. मिलन महर्जन रचना गर्नु भएको कान सम्बन्धी गीत सामूहिक रूपमा गाएर कार्यक्रम समापन गरिएको थियो । 

नेपालमा बहिरोपनको समस्या छ धेर 
कान पाक्ने रोग नै हाे, मुख्य कारण हेर 

कान पाक्ने रोगको कारण धेरै बहिरा भाछन् 
शिक्षामा नै बाधा पुगी धेरै दुःख पाछन् 

सङ्गीत

कान दुख्दा तल अनि जडीबुटी हाल्दा 
कान पाक्ने रोगले नै पीडित छन् है हाल

कान कोट्याउने हाम्रो बानी सबैको छ हेर 
प्वाँख अनि सिन्काहरूले नकोट्याउनुधेर 
नेपालमा बहिरोपनका......

सङ्गीत

आमा तथा बच्चाहरूको स्वास्थ्य ध्यान गर्दा 
कान नसुन्ने रोगबाट बाचिन्छ है धेर 

खोप लगाउँदा पौष्टिक आहार खाँदा धेरै राम्रो 
सबैलाई सचेत गराऔँ कतएकय हो हाम्रो 

सङ्गीत

कान पाक्ने रोग भनी लापरबाही गर्दा 
जीवनभरि श्रवण शक्ति गुमाउनु है पर्ला 

लामो समय रुघा खोकी लागे उपचार गरौँ 
नत्र भए कान नसुन्ने हुन सक्छौँ हेर 

नेपामा बहिरोपनको समस्या छ धेर 
कान पाक्ने रोग नै हो, मुख्य कारण हेर 

कार्यक्रमकाे फोटो फिचर