डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २१, २०७६

काठमाडौं । डाँका मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका–६ ठेगाना भएका ४६ वर्षीय राजु थापालाई मित्रनगर काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   

डाँका मुद्दामा सर्वोच्च अदालतको २०७५ असार ११ गतेको फैसलाले ४ लाख २० हजार रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको    हो । थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा पठाइएको छ ।

थापा समेतले २०५३ माघ १० गते राति भिमसेनगोला, काठमाडौंबाट ३२ तोला सुन डाँका गरेका थिए ।