चन्द्रावतीमा सुन तथा नगद चोरी

चन्द्रावतीमा सुन तथा नगद चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २१, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–४ पानीपोखरीमा डेरा गरी बस्ने तनहुँ चन्द्रावती नगरपालिका–१३ घर भएका कमलहरी जिसीको कोठाबाट १ तोलाको सुनको औंठी, १ थान घडी र नगद ५२ हजार रुपैयाँ समेत गरी १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।  
    
ललितपुर, ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित निरन्जन बरालको घरबाट १.५ तोला सुनका विभिन्न गहना गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । 
    
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ ।