‘हिरो रिटर्न्स’को ट्रेलरमा सार्वजनिक  (भिडियाे सहित)

‘हिरो रिटर्न्स’को ट्रेलरमा सार्वजनिक  (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २१, २०७६

काठमाडाैं । आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । 

अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । 

ट्रेलरमा रेखा र सविनको बेजोड एक्सन देख्न सकिन्छ । निर्माणको लामो समय पछि रिलिजको तयारीमा जुटेको चलचित्रमा रेखा र सविनका साथमा दिल श्रेष्ठ, सुलेमान शङ्कर, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता सरोज खनाल भिलेन अवतारमा देखिनुभएको छ । 

आशिष भेटवालले निर्देशन गरेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भीम न्यौपानेको लगानी रहेको छ । यसै गरी चलचित्रका कार्यकारी निर्माता अमित श्रेष्ठ हुन् । मदन काश्यप घिमिरेको छायाङ्कन गरेको ‘हिरो रिर्टन्स’ लाई मित्र डी गुरुङले सम्पादन गर्नुभएको हो भने कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पार्नुभएको हो । 
 

भिडियाे यहाँ हेर्न सकिन्छ :