नेपाली सेनाभित्र शृङ्खलाबद्ध यौन काण्डदेखि ‘लिभिङ टुगेदर’सम्म

खत्रीपछि अधिकारीकाे पालाे

नेपाली सेनाभित्र शृङ्खलाबद्ध यौन काण्डदेखि ‘लिभिङ टुगेदर’सम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २१, २०७६

ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्रीको घरमा २०७६ फागुन १५ गते महिलाहरूको एउटा सानो समूहले प्रवेश गर्ने प्रयास गरे । महिला समूहको नेतृत्व बाराको कलैया उपमहानगरपालिका–९ की माला साहले गरेकी थिइन । साहको दाबी रहँदै आएको छ ‘पूर्व जर्नेल खत्रीले २२ वर्ष देखि आफूसँग शारीरिक सम्बन्ध राखेर बिचल्ली बनाएका छन् । त्यसैले अंश चाहियो । काठमाडौँको रातो पुल बस्दै आएकी साहलाई बच्चा बोकेर हेमा श्रेष्ठ शेर्पालगायतका महिलाहरूको समूहले साथ दिएका थिए ।  

खत्रीको घरमा जम्मा भएका महिलालाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकाल्यो । यस क्रममा भैसेंपार्टी वृत्तका निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेलले बच्चा बोकेकी हेमामाथि लाठी बर्साएको भिडिओ सामाजिक सञ्जालमा भाइरल नै बन्यो । चौतर्फी दबाबपछि निरीक्षक पौडेल महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन् ।

घरमा श्रीमती/सन्तान हुँदाहुँदै अर्की श्रीमती राखेको आरोपमा मुछिएका खत्री नक्कली शैक्षिक योग्यता प्रमाणपत्रका कारण बर्खास्तमा परेका सहायक रथी हुन । तर, सेनानी सेनाभित्र घरमा श्रीमती/छोराछोरी हुँदाहुँदै ‘लिभिङ टुगेदर’ मा रहेका खत्री एक्ला पात्र भने होइनन् । त्यसै गरी नक्कली शैक्षिक प्रमाण पत्र पेस गर्ने खत्री एक अधिकारी मात्र होइनन् अरू धेरै रहेको बताइन्छ ।  

नेपाली सेनाका वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाका सहोदर मामा करिब अढाई महिना अघि मात्र ‘अवकाश लिन’ बाध्य भएका पूर्व उपरथी भुवन अधिकारी अर्का यस्तै ‘बदनाम’ सैनिक अधिकृतमा पर्दछन् ।  हाल अधिकारी  वैद्य श्रीमती र हुर्किसकेका सन्तान छाडेर सेनाकै अर्की अधिकृत मेजर वनिता बिसीसँग ‘लिभिङ टुगेदर’ रहेको परिवारका सदस्यहरूले बताउने गरेका छन् ।

घरमा श्रीमती/सन्तान हुँदाहुँदै अर्की श्रीमती राखेको आरोपमा मुछिएका खत्री नक्कली शैक्षिक योग्यता प्रमाणपत्रका कारण बर्खास्तमा परेका सहायक रथी समेत हुन । तर, सेनानी सेनाभित्र घरमा श्रीमती/ छोराछोरी हुँदाहुँदै ‘लिभिङ टुगेदर’ मा रहेका खत्री एक्ला पात्र भने होइन । नक्कली प्रमाण पत्र पेस गर्ने पनि उनी मात्र छैनन् । 

नेपाली सेनाका वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाका सहोदर मामा करिब अढाई महिना अघि मात्र ‘अवकाश लिन’ बाध्य भएका पूर्व उपरथी भुवन अधिकारी अर्का यस्तै ‘बदनाम’ सैनिक अधिकृतमा पर्दछन् ।  हाल अधिकारी  वैद्य श्रीमती र हुर्किसकेका सन्तान छाडेर सेनाकै अर्की अधिकृत मेजर वनिता बिसीसँग ‘लिभिङ टुगेदर’ रहेको परिवारका सदस्यहरूले बताउने गरेका छन् । काठमाडौँ साङ्ले खोलाका कुँवर थरका डाक्टरसँग केही समय अघि अधिकारीको छोरीको बिहे भएको थियो । अधिकारीकी  छोरी पनि मेडिकल डाक्टर नै हुन् । तर, मेजर बिसीसँग ‘लिभिङ टुगेदर’मा रहेकै कारण अधिकारीले छोरीको कन्यादानमा आउन समेत आनाकानी गरेका थिए । उपरथी अधिकारीको यस्तो ताल देखेर विवाहमा सहभागी भएका तनहुँका दाजुभाइहरू समेत अचम्ममा परेका थिए ।  यसपछि उनलाई  परिवारका अन्य सदस्यले जबरजस्ती विवाह मण्डपमा ल्याउनुपरेको बताइन्छ ।  

उनी साहित्यकार क्षेत्रप्रताप अधिकारीको पालामा साझा प्रकाशनको लेखापालबाट जागिरमा छिरेका अधिकारीको अहिले आर्थिक हैसियते देख्दा निकट र चिनजानमा रहेकाहरूले जिब्रो टोक्ने गरेको बताइन्छ । नेपाली सेनाको आर्थिक प्रशासन विभाग प्रमुख भएका बेला मात्र यिनले करिब ९० करोड भन्दा बढी धन आर्जन गरेको सैनिक अधिकारीहरू दाबी गर्ने गर्छन् ।  स्रोत भन्छ, ‘नपत्याए पूर्व उपरथी अधिकारी र उनीसँग ‘लिभिङ टुगेदर’मा रहेकी मेजर वनिता बिसीको बैङ्क ब्यालेन्स चेक गर्दा पत्ता लागिहाल्छ ।’ अधिकारी यस बेला मेजर बिसीसँग बसिरहेका भए पनि उनले पदमै रहँदा धेरै महिलालाई ‘बर्बाद’ पारेको समेत उनलाई आरोप लाग्ने गरेको छ । 

स्रोतका अनुसार सेनाको नयाँ दरबन्दी मिलान हुँदा लेखा समूहका वरिष्ठहरूलाई पन्छाएर अधिकारी दुई तारे जर्नेल हात पार्न सफल भएका थिए । कुनै तालिम नै नगरेका, इजरायल अब्जर्भर जाँदा ड्राइभिङ र अङ्ग्रेजी परीक्षामा समेत फेल भई फर्किएका अधिकारीमाथि भिमफेदी बाहिनीमा रहँदा मकवानपुरकी एक महिलालाई सीमा लजमा लगी बलात्कार गरेको उजुरी समेत परेको थियो । तर, पैसा र शक्तिकै आडमा कारबाहीमा नपरी उल्टै प्रमोसन पाउन सफल भई आर्थिक विभागमा हालीमुहाली गर्न सफल भएका थिए । कार्यालयभित्रै मेजर वनिता बिसीसँग रंगेहात पक्राउ पर्दासमेत ‘पुरस्कृत’ हुने अवसर अधिकारीले प्राप्त गरेका थिए । कार्यकक्षभित्रै भएको यो घट्न चर्चामा आएपछि उनीहरू ‘लिभिङ टुगेदर’ मा रहन थालेको सैनिक अधिकारीको दाबी रहने गरेको छ । 

अधिकारीले पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, गौरव शम्शरे जबरालगायत केही जर्नेलहरूलाई प्रयोग गरी रक्षा मन्त्री र सचिवलाई घर, कार जस्ता उपहार दिई  सहायक रथीको पद नै प्राप्त गर्न सफल भएका  थिए । सहायक रथी भएको एक वर्ष पनि नपुग्दै महँगा–महँगा उपहार दिएरै उपरथीमा बढुवा भई सेनाभित्रको ‘रेकर्ड’ तोड्ने अधिकारीको नाम पहिलो नम्बरमा नै आउँछ । बहु–श्रीमती काण्डमा पनि उनलाई सुनपानी छर्किँदै आएको अवस्था छ । नेपाली सेनाका एक जना सहायक रथीका अनुसार २०७५ आषाढ ४ गते, ४७ लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) हरूको विवादित बढुवा सदर गर्न तत्कालीन प्रधानसेनापति क्षेत्रीको निर्देशनमा अधिकारीले रक्षामन्त्रीलाई ३ करोड रुपैयाँ बुझाएर बढुवा सरदर गराउन सफल भएका थिए । स्मरण रहोस् उक्त बढुवा सैनिक ऐन विपरीत भएको बताइन्छ । 

अधिकारीले स्टाफ कलेज पास गरेका थिएनन् । साथै उनलाई सैनिक पर्यवेक्षकका लागि लिइएको युएनको प्रवेश परीक्षामा समेत फेल भई नेपाल फर्काइएको थियो । तर, पनि उनले आर्थिक प्रशासन महाशाखामा  लामो समयसम्म ‘ढलिमली’ गरेर बजेटअनुसार नक्कली ठेकेदार खडा गरी बिल भरपाई बनाई आयआर्जन गर्ने काम जारी राख्न सफल भएका थिए ।  यस बापत अधिकारीले ६० र अन्यले ४० प्रतिशत रकम भागबन्डा गर्ने गरेको विषय सेनाभित्र चर्चित रहेको छ ।

 अमेरिकाबाट स्टाफ कलेज गरेको‘ब्याची’हरूलाई समेत उनले पैसाकै आडमा उछिनेर बढुवा पड्काएका सैनिक अधिकृतहरूको दाबी रहने गरेको छ । नक्कली प्रमाण पत्र र बहुबिबाहको उजुरी परेपछि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले अधिकारीको पदोन्नति फाइल नै रोकिदिएका थिए । उनको स्नातकको प्रमाण पत्र नक्कली थियो । तर, आर्थिक र राजनीतिक पहुँच प्रयोग गरेर तत्कालीन रक्षा सचिव पौडेललाई नै मन्त्रालयबाट सरुवा गराएर अधिकारी बढुवा हुन सफल भएका थिए । 

अधिकारीले मेजर बनिता मात्र होइन, आफ्नै स्टाफ अर्की एक महिला क्याप्टेनसँग समेत जङ्गी अड्डामा नै दिउँसै यौनजन्य क्रियाकलापमा संलग्न रहेको चर्चित ‘काण्ड’ सेनाभित्र रहेको छ । अहिले जङ्गी अड्डा केही अधिकारी अधिकारीको अथाह सम्पत्ति स्रोतको विषयलाई लिएर छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग  र सम्पत्ति शुद्धीकरणमा  धाइरहेको बताइन्छ ।