होली नखेल्न जिल्ला प्रशासन कार्यालयको अनुरोध (सूचनासहित)

होली नखेल्न जिल्ला प्रशासन कार्यालयको अनुरोध (सूचनासहित)

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २२, २०७६

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीका जुनसुकै कार्यक्रमहरू नगर्न का लागि अनुरोध गरेको छ ।

विश्वभर त्रासको रूपमा फैलिएका कोरोनाभाइरसको संक्रमणको कारण सतर्कता अपनाउँदै प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो ।

कार्यालयद्वारा प्रकाशित सूचनामा, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, (होलीलगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’ भनेर सुचना जारी गरेको छ ।

पछिल्लो समय भाइरस अन्य देशमा फैलिन थाले पछि नेपाल सरकारले कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउन साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न पनि अनुरोध गरिरहेको छ ।