नियन्त्रित लागूऔषध सहित पक्राउ !

नियन्त्रित लागूऔषध सहित पक्राउ !

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २२, २०७६

सर्लाही । मलंगवा नगरपालिका–४ स्थित सडकबाट कोडैना गाउँपालिका–४ बस्ने २५ वर्षीय शसिभुषण पटेललाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीलेमलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं.२ ना ५ ख ४०७३ नम्बरको बसजाँच गर्दा बसमा सवार पटेललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।