जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २२, २०७६

काठमाडौं । कैलाली, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका–२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जानकी गाउँपालिका–४ मनुवाबाट बा.१० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्रजबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएकोप्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका–५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।