चैत १ बाट सुरु हुने भनिएको ईपीएल क्रिकेट स्थगित

चैत १ बाट सुरु हुने भनिएको ईपीएल क्रिकेट स्थगित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २२, २०७६

काठमाडौं । चैत १ बाट सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।

बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको खेल विश्वभर फैलिँदै गएको कोरोनाको संक्रमणका कारण आयोजकल ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

प्रालि प्रमुख अमिर अख्तरले ६–७ महिनादेखि ईपीएलको तयारी गरेको भएता पनि खेलाडी र फ्यानहरुको सुरक्षाका कारण तोकिएको समयमा सो प्रतियोगिता गर्न नसकिने साथै अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको छ ।