आपूर्ति मन्त्रालयद्धारा मास्क र स्यानेटरी प्याड आपूर्तिमा भन्सार छुट दिन अनुरोध

आपूर्ति मन्त्रालयद्धारा मास्क र स्यानेटरी प्याड आपूर्तिमा भन्सार  छुट दिन अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७६

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा मास्क र स्यानेटरी प्याड आपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गने्र्र क्रममा उक्त आग्रह गरेको हो । 

छलफल लगतै मन्त्रालयले मास्क र स्यानेटरी आइटलमा अहिलेका लागि भन्सार छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ । निजी क्षेत्रले आयात गर्न सजिलो होस भन्ने हेतुले यो निर्णय गरिएको मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।

कोरानो भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएसँगै नेपाली बजारमा मास्कसँगै स्यानिटाइज अभाव भएको छ ।