जुवातास खेलिरहेकाहरु प्रहरी खाेरमा

जुवातास खेलिरहेकाहरु प्रहरी खाेरमा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २३, २०७६

भक्तपुर । भक्तपुर नगरपालिका–९ ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा तास खेलिरहेको अवस्थामा ३ जनालाई १ बुक तास र नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा घरधनी कासिहवा, चाँगुनारायण नगरपालिका–८ सुडाल घर भएका ४० वर्षीय राम सुन्दर खडका र सोही ठाउँस्थित झौखेल घर भएका ४५ वर्षीय प्रकाश थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।