सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २३, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नागार्जुन नगरपालिका–७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ ।

गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो देखिने कागजको बण्डल दिई उक्त सुनको औंठी लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।