सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७६

काठमाडौं । नवलपरासी (पूर्व), देबचुली नगरपलिका–७ गाबिस चोकस्थित सडकमा ना.१४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबर साँझ दुर्घटना हुदाँ मोटरसाइकल चालक कावासोती नगरपालिका–१७ बस्ने २७ वर्षीय लाल बहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपलिका–८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले अनटेष्ट लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हँसपुर नगरपालिका–३ बस्ने २५ वर्षीय सुनिल कापड र २५ वर्षीय सुबोध कापड रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।