नगद तथा सुनका गरगहनाको चोरी

नगद तथा सुनका गरगहनाको  चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २३, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगर डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–३ घर भएको ४८ वर्षीय शम्सेर योन्जनको कोठाबाट नगद ३ लाख रुपैयाँ र ६ तोला सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ । 
    
भक्तपुर, सूर्यविनायक नगरपलिका–३ बालकोटस्थित सविता शर्मा पौडेलको घरबाट नगद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बेलुका चोरी भएको छ । 
    
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।