प्रम ओलीलाई  हिँडडुल गराउन थालियो

प्रम ओलीलाई  हिँडडुल गराउन थालियो

रासस  |  समाचार  |  फाल्गुन २३, २०७६

काठमाडौँ ।  मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्का अनुसार प्रधानमन्त्रीका  ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् ।

मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ ।