रावासावा प्राज्ञिक समाजमा टिका चाम्लिङ

रेग्मी,राई र विवश पुरस्कृत

रावासावा प्राज्ञिक समाजमा टिका चाम्लिङ

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २४, २०७६

भक्तपुर । रावासावा प्राज्ञिक समाज नेपालको दसौँ वार्षिक साधरणसभाको सन्दर्भ पारेर खोटाङ जिल्लाका विभिन्न विधाका ६ जनालाई सम्मान र ३ जनालाई  पुरस्कार प्रदान गरिएको छ । 

खोटाङ जिल्लाका सङ्घीय सांसद विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समोरामा सम्मानित हुनेहरूमा रावासावा साहित्य सम्मानबाट साहित्यकार रक्षा राई सम्मान गरियो भने रावासावा शिक्षा सम्मानबाट गणेश अधिकारी, शुुभशेर राई र भोलाहरि धिताललाई सम्मान गरिएको थियो । सोही समारोहमा रावासावा समाजसेवा सम्मान विष्णु आभूषण र रावासावा नारी जागरण सम्मानबाट कुमारीकृष्ण राईलाई सम्मानित गरिएको थियो । 


त्यसैगरी सोही समारोहमा पुरस्कृत हुनुहुनेहरुमा रावासावा कमला भक्त साहित्य प्रतिभा पुरस्कार २०७६बाट साहित्यकार तथा अन्वेषक नगेन्द्रराज रेग्मी पुरस्कृत हुनुभयो भने रावासावा कमला भक्त सङ्गीत प्रतिभा पुरस्कारबाट शिवसंगम राई र रावासावा बोलराजसुशीला कला पुरस्कार २०७६ बाट ज्ञानेन्द्र विवशलाई पुरस्कृत गरिएको थियो । कमला भक्त साहित्य र सङ्गीत प्रतिभा पुरस्कार जनही बीसहजार र प्रमाण पत्र रहेका छन् भने बोलराजसुशीला कला पुरस्कार दश हजार र प्रमाण पत्र रहेको थियो । 

दसौँ वार्षिक साधरणसभाले  टिका चाम्लिङको  अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समितिको समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा बम बानियाँ, सुरेश हाँचेकाली, चन्द्र रानाहँछालाई सर्वसम्मतिले छानेको छ भने महासचिवमा डा.यादेवी ढकाललाई चयन गरिएको छ ।  समितिको सचिवमा भरत मगर, कोषाध्यक्ष आनन्द भट्टराई हुनुहुन्छ भने सदस्यहरूमा श्रीराम राई, अगम राई, अम्बिका राई, महेश पुरी, रश्मि राई र देवान राई रहनुभएको छ । 

साधारण सभामा रावासावा प्राज्ञिक समाज नेपालको आजीवन सदस्यता डा. शुक्रराज राई, भक्तराज राजभण्डारी, शुभ शेर राई, नारायण ढकाल, कमला राजभण्डारी, बोलराज खनाल र मदन लमाखुलेलाई प्रदान गरिएको थियो । 

साधारण सभाको सफल्तको शुभकामना सांसद विशाल भट्टराई, साहित्यकार जसराज किराँती, डा. विष्णु राई टंका भट्टराई लगायतले दिनुभएको थियो । उक्त समारोहमा बम बानियाँ र सुरेश हाँचेकालीले पुरस्कृत व्यक्तिहहरुको बारेमा जानकारी गराउनुभएको थियो । समाजका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा भएको सभाको सञ्चालन चन्द्र रानाहँछाले गनुभएको कार्यक्रममा स्वागत भाषण टिका चाम्लिङले गर्नुभएको थियो ।