फ्रेण्डसीपको कप: दोभान युवा क्लबलाई उपाधि

फ्रेण्डसीपको कप: दोभान युवा क्लबलाई उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २५, २०७६

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लब द्धारा आयोजित दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो ।

प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले पहिलो गोल, बाह्रौँ मिनेटमा रिभरसाइडका जर्सी नं ११ का दिपेश आलेले एक गोल गरेर खेललाई बराबरीमा ल्याउनुभयो र खेलको १८औँ मिनेटमा दोभानका श्रेष्ठले पुनः एक गोल गर्न सफल भएपछि टिमले जित हासील गरेको हो ।

प्रतिस्पर्धात्मकरूपमा भएको खेलका विजेता रिभरसाइडले एक लाख ११ हजार १११ रुपैयाँ र ट्रफी हात पार्न सफल भएको छ भने उपविजेता रिभरसाइडले ५५ हजार ५५५ रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिभरसाइडका सरोज योञ्जन, सर्वाधिक गोलकर्ता रिभरसाइडकै दिपेश आले र उत्कृष्ट गोलरक्षक दोभान युवा क्लबका शिव श्रेष्ठ घोषित हुनुभयो ।

शनिबार नै भएको सेमिफाइनलमा बागबजार युवा क्लबलाई ३–१ ले पराजित गर्दै रिभरसाइड फाइनलमा प्रवेश गरेको थियो भने ठूलोगाउँ युवा क्लबलाई २–० ले पराजित गर्दै दोभानले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले युवाको प्रतिभा प्रस्फुटन गर्न खेलकूदले सहयोग पु¥याएको चर्चा गर्दै गाउँपालिकाले गर्नुपर्ने काम युवा क्लबले गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।

फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको