मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म...’ बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)

मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म...’ बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २५, २०७६

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ ।

हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोतारदर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोतारदर्शकको मन जित्नेमा आशावादी रहेको  निर्देशक कृष्ण बताउनु भएकाे छ । 

‘पूर्वदेखि पश्चिमसम्म...’ के भिडियाे यहाँ हेर्न सकिन्छ