दक्षिण अफ्रिका: अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु

दक्षिण अफ्रिका: अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन २५, २०७६

दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

'खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,' प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताउनुभयो । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उहाँले बताउनुभयो । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक छ वर्षकी बालिका रहेकी छन् ।

घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन