खेल खेल्न गएकाहरु पाँच जनाको हिम पहिरोका कारण मृत्यु

खेल खेल्न गएकाहरु पाँच जनाको हिम पहिरोका कारण मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन २५, २०७६

भियाना ।आइतबार ‘अपर अष्ट्रिया’को हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन नामक हिमाली क्षेत्र) बाट तल झारिएको र हलस्टेट गाउँमम सनाखदका लागि राखिएको अष्ट्रियाका प्रहरी प्रवक्ताले बताउनुभयो । 

मृतकहरू हिउँमा स्केटिङका लागि पुगेका र खेलिरहेको समयमा एक्कासी हिमपहिरो आएको त्यहाँबाट प्राप्त रिपोर्टहरूमा बताइएको छ ।

आइतबार मध्यान्नसम्म अष्ट्रियाका विभिन्न भागबाट पठाइएका छ वटा हेलिकोप्टर र उद्धार टोलीको सहयोगमा घटनास्थलमा खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

रामसाउ–एम– दाचस्टेनमा यही वर्ष जनवरीमा पनि हिम पहिरो जाँदा सो क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो भने ६० स्थानीयलाई घाइते अवस्थामा उद्धार गरिएको थियो