अफगान शान्ति वार्तामा महिलालाई पनि सहभागी गराउन युनामाको आग्रह

अफगान शान्ति वार्तामा महिलालाई  पनि सहभागी गराउन युनामाको आग्रह

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन २५, २०७६


काबुल । अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । 

युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई बचाउन र अगाडि बढाउन सबैले ध्यान दिनुपर्ने उल्लेख छ । 

'संयुक्त राष्ट्रसंघद्वारा समर्थित र महिलालाई औपचारिक शान्ति वार्तामा समावेश गर्ने मान्यताले नतिजा दिने अवस्था सिर्जना भएको छ । महिलाहरुको देशव्यापी र सामुदायिक स्वामित्वका साथै राजनीतिमा पूर्ण र अर्थपूर्ण सहभागिता गराउन समाजका सबै सदस्यहरुबीच एकमत हुनेछ,' विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रसंघीय नियोगकी प्रमुख ताडामिची यामामोटोले जारी गर्नु भएको उक्त विज्ञप्तिमा शान्तिपूर्ण र समावेशी समाज सिर्जना गर्न अफगान महिलाहरुलाई शिक्षा, स्वास्थ्य र काममा न्यायपूर्ण एवं सहज पहुँच सिर्जना गर्नु पर्दछ भनिउको छ । 

उहाँले अफगानिस्तानमा औपचारिक कानून र राष्ट्रिय कार्ययोजनालगायत महिला अधिकारमा उल्लेखनीय प्रगति भएको छ भन्दै महिलाका लागि आगामी दिनमा अझ बलियो सामाजिक र राजनीतिक समर्थन अझै आवश्यक छ भन्नुभयो ।