अनलाइनको समाचारलाई लिएर स‌ंघ कानूनी प्रक्रियामा जाने (बिज्ञप्तिसहित)

अनलाइनको समाचारलाई लिएर  स‌ंघ कानूनी प्रक्रियामा जाने (बिज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन २६, २०७६

काठमाण्डौँ । नेपाल पर्वतारोहण संघले २०७६ फागुन २५ गते  आइतबार एक बिज्ञप्ति जारी गरी संघसँग सम्बन्धित समाचार तोडमोड गरी प्रकाशन भएकाे भन्दै  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष सन्तबीर लामाद्वारा प्रकाशित बिज्ञप्तिमा  २०७६ फागुन १८ गते आइतबार ०५ः०३ बजे एक अनलाइन पत्रिकामा प्रकाशित पर्वतारोहण संघलाई परिषदमा लैजाने तयारी शीर्षकको समाचारप्रति ध्यानकार्षण भएको जनाएको छ । उक्त बिज्ञप्तिमा  संघले यसरी दुराशयपूर्ण तरिकाले निरन्तर समाचार संप्रेषण गर्ने नीज अनलाइन पत्रिकामाथि कानूनी कारबाहीको प्रक्रियामा संघ अघि बढ्ने जनाएको छ ।

नेपाल पर्वतारोहण संघद्वारा जरी  बिज्ञप्ति