दिल्ली दङ्गा र  यसले उब्जाएका प्रश्नहरू
फाल्गुन २८, २०७६

 सन् २०१४ मा विसम् परिस्थितिमा भारतीय राजनीतिमा नरेन्द्र मोदीको प्रधानमन्त्रीको रूपमा चिनिएका थिए । त्यस बेला वामपन्थी तथा कङ्ग्रेसहरूको गुजरात दङ्गाको आरोप लगाएर तथा सांसदका सदस्यहरूले नै लिखित रूपमा अमेरिकन भिसा रद्द गर्ने जस्ता अराजनैतिक तथा अनैतिक अवरोधका बावजुत नरेन्द्र मोदीको भारतीय जनता पार्टीले बहुमत सहित सरकार बनाएको थियो । धेरै राजनैतिक पण्डितहरूको अनुमान विपरीत नरेन्द्र मादीले पुनः अत्यधिक बहुमत सहित सन् २०१९ मा सरकार गठन गर्न पुन सफल भएका थिए ।  

पहिलो कार्यकाल विकास तथा सुशासनको नारा दिएर सत्तामा आएका मोदीले दोस्रो कार्यकालमा राष्ट्रियताको मुद्दा पनि अगाडि सार्न पुगे । पहिलो कार्यकालको नारा ‘सबका साथ, सबका विकास’लाई परिमार्जित गरी दोस्रो कार्यकालका लागि ‘सबका साथ, सबका विकास, सबका विश्वास थपी  सम्पूर्ण वर्गहरूमा पुग्ने लक्ष सहित अगाडि बढेको बताउँदै आएका छन् । 

भारतका मुख्यतया वामपन्थी बुद्धिजीवी तथा केही उदारवादी खेमाबाहरुले भाजपालाई दक्षिणपन्थीको रूपमा चित्रण गर्दै हिन्दु पार्टीको रूपमा मात्र व्याख्या गर्दै आइरहेको पाइन्छ ।  पश्चिमी मिडियाहरू पनि  भाजपालाई हिन्दु पार्टीको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ ।  

दोस्रो कार्यकालमा मोदीले सबैलाई चकित बनाउँदै चार महिना भित्रै जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरी केन्द्रीय प्रणालीको हिस्साको रूपमा परिणत गरेरै छोडे । यसलाई बहुसङ्ख्यक भारतीयहरूले समर्थन गरेता पनि केही वामपन्थी पार्टी तथा  नेता  र  कङ्ग्रेस लगायत अन्य साना पार्टीहरूले विरोध गरेका थिए ।

यसैबिच सर्वोच्च अदालतले अयोध्या जन्मभूमि बाबरी मस्जिद बारेमा  दिएको फैसलाले गर्दा भाजपा प्रति अन्य दलहरू बढी चिढिएका थिए । यसैलाई यिनीहरूले मुस्लिम विरोधी सरकारको रूपमा चित्रण गर्न थालिसकेको  अवस्था थियो  ।

 भारत जस्तो ठुलो लोकतान्त्रिक देशले अवश्य नै यस्ता दङ्गाको कारण र  सम्लगन पक्षहरूको वास्तविकता सार्वजनिक गर्ने नै छ । हालै भएको एक अनुसन्धानले पनि दिल्ली दङ्गामा आईएसएसको संलग्नताको अनुमान गरिँदै छ ।  यो कुनै धार्मिक दङ्गा नभई विभिन्न हिंसक तत्त्वहरूको सहभागिता रहेको बताइँदै आइएको छ ।

स प्रकारले भाजपा सरकारले सदनबाट पारित गराएको नागरिकता संशोधन ऐन (सिएए)को विरुद्ध धेरैजसो विपक्षी खेमाहरू एकजुट भई भाजपालाई मुस्लिम विरोधी पार्टीको रूपमा चित्रण गर्न कुनै कसर बाँकी राखेनन् । 

यस ऐन अनुसार ३१ डिसेम्बर २०१४ अघि पाकिस्तान,बङ्गलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, सिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरेको छ । भारतीय सरकारका अनुसार मुस्लिम राष्ट्रमा धर्मको आधारमा कुनै पनि मुसलमानहरू भेदभावमा हुँदा, मुस्लिम समुदायलाई यस्तो अवसर प्रदान गरेको छैन । यसैलाई आधार बनाएर विपक्षीहरू खेमाहरू भाजपालाई मुस्लिम विरोधी पार्टीको रूपमा चित्रित  गर्दै सोही अनुसार अनर्गल प्रचार गरी  घोर विरोधमा उत्रिरहेको पाइन्छ ।

यस्तो प्रकारले, राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) लागु भएमा मुस्लिम समुदायहरू नागरिकताबाट वान्चित हुन्छन् भन्ने भ्रम पैदा गरी सम्पूर्ण मुस्लिम समुदायहरूलाई सीएए र एनआरसीको विरोधमा एकत्रित गर्न सफल भइरहेका छन् ।  यसैबिच दिल्लीको शादिनबाग स्थायी रूपमा, आवजावतलाई अवरोध गरी मुस्लिम महिलाहरू धर्नामा बस्दै आइरहेको छन् । 

हालै दिल्ली दङ्गाले जनमानसमा धेरै प्रश्नहरू उब्जाई दिएको छ । केही बुुद्धिजिबिहरु तथा भाजपा विरोधीहरू सरकारले नै दङ्गा भड्काएको भन्ने आरोप समेत लगाइ रहेका छन् । तर यस कुरामा खासै दम देखिँदैन । किनकि अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण रहेको समयमा सरकारले दङ्गा गराएर आफू लज्जित हुने वातावरण गर्ला भन्ने कुरा आफैमा हास्यास्पद रहेको छ । मुख्य रूपमा विरोधीहरू नरेन्द्र मोदीलाई कुनै न कुनै रूपमा  लज्जित तुल्याउन चाहिरहेको भने थिए । 

यसै सिलसिलामा दङ्गा गराएर अमेरिकाबाट सरकारको आलोचना होस् भन्ने सरकार बिरोधीहरुबाट यस्तो कदम चलेको हुन सक्ने बढी  नै सम्भावना देखिन्छ ।

यस सन्दर्भमा अन्तर्राष्ट्रिय मिडियाहरू अति ने पूर्वाग्रही भएर भ्रामक खबरहरू सम्प्रेषणमा हुनुले पनि यो सुनियोजित कदम हुन सक्ने अनुमान गरिँदै छ । अर्को रूपमा हेर्ने हो भने पनि सुरक्षा निकायबाट मुख्यतया दिल्ली पुलिसबाट हिंसक घटना नियन्त्रण गर्न नसक्नुलाई आन्तरिक रूपमा भारतको सुरक्षा संयन्त्र तथा प्रहरी प्रशासन चुकेको रूपमा पनि हेर्न थालिएको छ । 

मूलभूत रूपमा दिल्ली दङ्गालाई मुस्लिम तथा हिन्दु बिचको लडाइको रूपमा चित्रण गरिएता पनि त्यस क्षेत्रमा रहेका हिन्दु र मुस्लिम समुदाय बिचको भाइचाराले यस्तो कुनै सम्भावना भने देखिँदैन  । आम आदमी पार्टीका पार्षद, तरिक हुसेनको घरबाट  विस्फोटन तथा ढुङ्गा मुढा हुनु र सुरक्षाकर्मी अंकित शर्माको हत्यामा उनको संलग्नता देखिएकोले  पनि धार्मिक दङ्गाको रूपमा व्याख्या गर्न सकिन्न । तर विभिन्न गुण्डागर्दी समूहको संलग्नता सहित कुनै माग बिना डोनाल्ड ट्रम्पको यात्राको बेला सुरु हुनु र यात्रापछि साम्य हुनुमा संयोगका रूपमा मात्र लिन सकिँदैन ।  

यसैबिच दिल्लीको विधान सभा चुनाव हुनु र  यस चुनावमा अत्यधिक बहुमत ल्याएर आम आदमी पार्टी विजयी प्राप्त गरेका थिए र पुनः  केजीवाल मुख्यमन्त्री बन्न पुगे । सुरुमा समर्थन रहे पनि  केजीवाल चुनावपछि भने सादिनवागको आन्दोलनमा तटस्थ बस्ने कदमले विरोधी खेमा निरुत्साहित समेत भएका थिए । यस चुनावमा भाजपाले केही सिट सङ्ख्या वढाएता पनि काँग्रेसले शून्यतामा सीमित  हुन पुग्यो । तर भाजपाको हारले गर्दा  सिएर र एनआरसीका विरोधीहरू पुन उत्साहित भएको देखिन्छ । 

उनीहरू उचित मौका छोपेर भाजपालाई नङ्ग्याउन चाहन्थे । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पल्ट भारत भ्रमण आउँदै थिए । भाजपा नेतृत्व यस भ्रमणलाई पूर्ण रूपले सफल तुल्याउन तल्लीन थिए । यसै बेला सिसिएका विरोधीहरूले दिल्ली कै पूर्वोत्तर क्षेत्रमा र जाफरवादमा अर्को विरोध सुरु गरेका थिए । त्यस बेला केही सिएरका समर्थकहरूले पनि धर्ना र प्रदर्शन गर्न थाले । दुवै बिच फाट्टफुट्ट ढुङ्गा हानाहान भएको थियो । यसै मौकालाई फाइदा लिएर केही तत्त्वहरूले घरेलु हतियार, पेट्रोल बम,  ढुङ्गा र  गोला बारुद सहित  हिंसक  प्रदर्शनमा उत्रेका थिए । यस दङ्गाले उग्र रूप लिँदा करिब ५४ जना सर्वसाधारण तथा सुरक्षा कर्मीहरूको मृत्यु भएको थियो भने २५०  जना भन्दा बढी घाइते भएका छन् । 

यस दङ्गाले गर्दा समाज हिन्दु तथा मुसलमानमा विभाजन भयो ।  यस्तो खालको दङ्गा दिल्लीमा सन् १९८४ पछि  पुनः दोहोरिएको हो । यसले गर्दा भाजपालाई अन्तर्राष्ट्रिय स्तरमा पक्के पनि जबाफदेही बनाएको छ । 

यसैबिच दिल्ली जामिया भिलिया इस्लामिक र उत्तर प्रदेशको अलिगढ  विश्व विद्यालयमा हिंसक प्रदर्शन  समेत भए । यसले पनि दिल्ली दङ्गामा  ठुलै षड्यन्त्रको सम्भावनालाई देखाउँछ । 

यस्तो खालको दङ्गामा केही मिडियाकर्मीहरु अन्तर्राष्ट्रिय समुदाय तथा बुद्धिजीवी एकतर्फी रूपमा टीकाटिप्पणी गरिएको पाइन्छ ।  भारत जस्तो ठुलो लोकतान्त्रिक देशले अवश्य नै यस्ता दङ्गाको कारण र  सम्लगन पक्षहरूको वास्तविकता सार्वजनिक गर्ने नै छ । हालै भएको एक अनुसन्धानले पनि दिल्ली दङ्गामा आईएसएसको संलग्नताको अनुमान गरिँदै छ ।  यो कुनै धार्मिक दङ्गा नभई विभिन्न हिंसक तत्त्वहरूको सहभागिता रहेको बताइँदै आइएको छ ।  अतः सबै पक्षले दिल्ली दङ्गा बारे  अनुचित टीकाटिप्पणी नगर्नु नै बुद्धिमानी हुन्छ ।