सुनको मूल्य ४०० रुपैयाँले घट्यो

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २८, २०७६

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४०० रुपैयाँ घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।  

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।