लागूऔषध सहित जेनिशा थापा पक्राउ

लागूऔषध सहित जेनिशा थापा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन २८, २०७६

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोट बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १.५ किलो सहित सुर्खेत घर भई हाल काठमाडौं सिनामंगल बस्ने २० वर्षीया जेनिशा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना.२८ प २५३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो । साथै उक्त मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।