बूढीगङ्गा नगरपालिकामा आगलागी,  कागजात तथा कम्प्युटर जले

बूढीगङ्गा नगरपालिकामा आगलागी,  कागजात तथा कम्प्युटर जले

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २९, २०७६

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा  विभिन्न शाखाका  कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा  कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिनुभयो ।

आगलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुुभयो ।