नर्सिङ परिषदद्वारा  छानबिन गरी कानुनी कारबाही गर्न माग  (विज्ञप्तिसहित)

नर्सिङ परिषदद्वारा  छानबिन गरी कानुनी कारबाही गर्न माग  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २९, २०७६

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले  एक प्रेस विज्ञप्ति प्रकाशित गरी  सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार टिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ । 

परिषद्वारा जारी विज्ञप्तिमा   भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न  सम्बन्धित सबैलाई अपिल गरिएको छ ।

साथै विज्ञप्तिमा भनिएको छ -  राज्यको एउटा नियमनकारी निकायकारुपमा आफ्नो स्वच्छ छवि र प्रतिष्ठा कायम गर्दै आएको यस संस्थामाथि लगाइएको लान्छानाको घोर भर्त्सना गर्दछौँ  भनिएको छ ।

परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न नेपाल नर्सिङ परिषद् राज्यका सम्बन्धित निकायसमक्ष माग  समेत गरेको छ । 

परिषद्वारा जारी  विज्ञप्ति यस्ताे  रहेको छ ।